विभागबाटै अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्छ : सञ्चारमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौँ । अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्न अझै केही समय लाग्ने भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले विहीबारको मन्त्रिपरिषद बैठकपछि संचारकमीहरुले राखेको जिज्ञासामा उनले कानुनी प्रक्रिया बाँकी रहेकाले केही समय लाग्ने बताए । उनले विभागबाटै काम हुनेगरी प्रक्रिया अघि बढीसकेको जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएको थियो । अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान हटाएको थियो । 

सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार