काठमाडौँ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले सुसिया फेशन हाउस र लामुस एक्स लामेनको सहकार्यमा के. एफ्. ए २०२३ सम्पन्न गरेका छन् ।
शनिबार आयोजना गरिएको फेसन शोमा २० जना मोडलहरू सहभागी रहेका थिए । शोको कोरियोग्राफी सुमिना महर्जनले गरेकी हुन् ।
फेसन शोमा मोडेलहरू लामुस एक्स लेमेनद्वारा डिजाइन गरिएको आवरणमा देखिएका छन् । तस्बिर : किरण वाइजर