काठमाडौँ । लुम्बिनी एकेडेमीक कलेजले स्वागत तथा विदाई कार्यक्रम गर्ने भएको छ ।
कक्षा ११ मा आएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२, बिबिएम्, बिसिए, बिबिएस् र एमबिएसका विद्यार्थीहरूलाई विदाई गर्ने भएको हो ।
कार्यक्रममा गायक महेश काफ्लेको लाइभ सांगीतिक कार्यक्रम रहने छ भने, कलेजका विद्यार्थीहरूको सांगीतिक नृत्य सहितको प्रस्तुति रहने कलेजले जनाएको छ ।
कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का सहित विभिन्न व्यक्तिहरूको उपस्थिति हुने कलेजले जनाएको छ ।
लुम्बिनी एकेडेमीक कलेज गुणस्तरीय शिक्षामा कटिबद्ध रहेको कलेज हो । कलेजले शुक्रबार (भोली) अर्नाया व्यांकेट नाटपोखरीमा विहान ९ बजेबाट कार्यक्रम आयोजना गर्ने जनाएको छ ।