नेपाल पौडी संघद्वारा पलेशा गोर्वधनलाई २५ हजार नगरसहित सम्मान

दक्ष खबर 16649+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडौँ । नेपाल पौडी संघले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोर्वधनलाई २५ हजार नगरसहित सम्मान गरेको छ । यसैगरी, प्रशिक्षक कविराज नेगीलाई नगद १० हजार रुपैयाँसहित संघले सम्मान गरेको हो ।

आइतबार आयोजित एक समारोहकाबीच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पारालिम्पियन गोर्वधनलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । 


कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको  थियो ।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै