कर्णाली याक्सलाई ३ विकेटले हराउदैँ काठमाडौँ गुर्खाज विजयी

दक्ष खबर 16544+ समाचार ( )
१९ मंसिर २०८१, बुधवार

काठमाडौँ। कर्णाली याक्सलाई ३ विकेटले हराउदैँ काठमाडौँ गुर्खाज विजयी भएको छ ।

शिखर धवनको अर्धशतीय पारीको मद्दतमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको थियो ।

सो खेलमा काठमाडौँ गुर्खाजले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनाएको थियो । 

कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार