श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ को लागि छात्रवृत्ति वितरण गर्ने

दक्ष खबर 16544+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ को लागि छात्रवृत्ति वितरण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका वडा - ६ भित्र रहेका संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययन गर्न चाहने  विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने भएको हो ।

सुचनामा,'कामपा ६ बौद्धका स्थायी निवासी, गरीव, असहाय, विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।'

त्यसका लागि सम्बन्धित ब्यक्तिहरूले साउन २५ गते भित्र समितिको कार्यालयमा दरखास्त दिन सूचना प्रकाशन गरेको छ । दरखास्तको लागि समितिको कार्यालय, टुसाल, बौद्धमा सम्पर्क गर्नु पर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार