रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा

दक्ष खबर 16544+ समाचार ( )
५ मंसिर २०८०, मङ्गलबार

काठमाडौँ । रमेश विकल साहित्य  प्रतिष्ठानद्वारा २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । 

 जस अनुसार यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ भने  रमेश विकल-सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँ लाई अर्पण गर्ने निर्णय गरिएको छ । 

यसैगरी रमेश विकल सृजना पुरस्कार  माधव काफ्ले, रौतहट, रमेश विकल बालसाहित्य पुरस्कार रामबाबु सुवेदी, कास्की,

रमेश विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार : सत्यदेवी खड्का,  दैलेख र रमेश विकल कला-सङ्गीत  पुरस्कार : सुवास गजुरेल, धनुषालाई प्रदान गरिने छ । 

पुरस्कार १५‌‍‍‍औँ  रमेश विकलस्मृति सभाका अवसरमा आगामी पुस ७ गते कोशी फुडल्याण्ड आरुबारीमा  अर्पण गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार