काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत्र १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत्र १५ गतेदेखि गर्ने निर्णय गरेको हो।
परीक्षा बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्ने समयावधी रहेको थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको बोर्डले जनाएको छ ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेकाे बाेर्डले जनाएकाे छ। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।