श्री बौद्धनाथ क्षेत्र विकास समितिको २९औँ वार्षिकोत्सव सम्पन्न (तस्वीरसहित)

दक्ष खबर 15672+ समाचार ( )
३० आषाढ २०८२, सोमबार

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको २९औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाइएको छ । समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामाप्रति श्रद्धाञ्जलीका लागि मौनधारण गरी बुद्धप्रतिमामा मल्यार्पण गर्दै समुदघाटन गरिएको कार्यक्रममा समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

श्रद्धेय धर्मगुरु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यता तथा समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षता रहेको कार्यक्रममा पमुख अतिथि रक्षा मन्त्री मानवीर राई हुनुहुन्थ्यो । कार्यक्रममा बौद्धनाथ स्तुपा अगाडिको मुख्य सडकमा भूमिगत सडक निर्माण गर्ने,माथिल्लो सडकमा शान्त, पर्यावरणमैत्री बजार विकास गर्ने योजनासहितको थ्रीडी एनिमेटेड भिडियो प्रस्तुतीकरण गरिएको थियो । उक्त योजनामा आगामी दिनमा बौद्ध क्षेत्रलाई हरियालीयुक्त, खुला र सौन्दर्यपूर्ण बनाउन पार्क, हरियाली विस्तारका अवधारणाहरु पनि समावेश गरिएको देखिन्थ्यो । 

यसैगरी, कार्यक्रममा बौद्धनाथ क्षेत्रको परिचयात्मक तस्विर समेटिएको पुस्तक विमोचनका साथै भगवान बुद्धको जीवनीमा आधारित लघु नाटक समेत प्रस्तुत गरिएको थियो । मन्त्री राइले बौद्धनाथको ऐतिहासिक,धार्मिक र  सांस्कृतिक महत्वको चर्चा गर्नुहुँदै नेपाललाई विश्वसामु चिनाउने सांस्कृतिक स्तम्भ नै बौद्धनाथ भएको बताउनुभयो । मन्त्री राईले बौद्धनाथ क्षेत्र विकास समितिको कार्यदिशा, उद्देश्य र योजनाहरुप्रति योजनाहरुप्रति नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । वहाँले यस्ता कार्यक्रमले राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष राजकुमार लामाले मन्त्री राईबाट प्राप्त समर्थनले आफुहरुमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताउँनुहुदै आगामी दिनमा बौद्धनाथ क्षेत्रलाई आधुनिकीकरण, पर्यावरणीय सन्तुलन र धार्मिक परम्परासँग जोड्दै अघि बढाउने योजनालाई स्थानीय, संघीय र अन्तर्राष्ट्रियस्तरमा एकसाथ प्रस्तुत गर्ने योजना रहेको उल्लेख गर्नुभयो । यस्तै, कार्यक्रममा बौद्ध धर्ममा आबद्ध विभिन्न समूहरुले सेब्रु नृत्य, बौद्ध धर्मसंग सम्वन्ध सांस्कृति प्रस्तुतीहरु समेत गरेका थिए । 

कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु, बौद्धक्षेत्र, बौद्ध धर्म, संस्कृति, परम्परा तथा अमूर्त सम्पदाको अनुसन्धान र संरक्षणमा उल्लेखनीय योगदान पु¥याउनुहुने व्यक्तिहरू, वडा नं. ६ भित्रका ज्येष्ठ नागरिकहरू,महिला तथा युवा समूह,साँस्कृतिक संस्था, सामुदायि, विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यालय, सञ्चारकर्मी लगायत विभिन्न विधा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री पूर्ण बहादुर तामाङ, सांसद रामहरि खतिवडा, र सांसद तथा अर्थसमिति सभापति सन्तोष चालिसे, प्रसिद्ध गयिका आनी छोइङ डोल्मा, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवाशचन्द्र जोशी, विभिन्न गुम्बाका प्रतिनिधि, धार्मिक नेता, बौद्धमार्गी श्रद्धालु, बुद्धधर्म अनुयायी र स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । 

विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र बौद्धनाथ सन् १९७९ देखी यूनेस्को विश्व सम्पदा सूचिमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सास्कृतिक धरोहर हो । बौद्धनाथ महास्तुपको संरक्षण र सम्बद्र्धन तथा बौद्ध दर्शन, बौद्ध धर्मको प्रचार प्रसार लगायत ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको विकासका काम अगाडि बढाउनका लागि २०५३ सालमा गठन आदेश २०१३ बमोजिम गठित समिति हो श्री बौद्धनाथ क्षेत्र विकास समिति । समिति गठन भएयता बौद्ध स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य यसै समितिबाट हुँदै आएको छ ।

https://www.facebook.com/share/p/1EsWYVHKpA/

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार