भ्वाइस अफ नेपाल प्रति कटाक्ष गर्दै गगनले ल्याए नयाँ गीत

दक्ष खबर 16544+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन ६ को नतिजा सार्वजनिक भएलगत्तै गगन आलेले सो रियालिटी शोप्रति कटाक्ष गर्दै एउटा भावनात्मक तथा सन्देशमूलक गीत सार्वजनिक गरेका छन् । 

समीगगन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक ‘द अन रिटन च्याप्टर ’ बोलको गीतमा शब्द र संगीत दुवै गगन आलेको रहेको छ भने, गायनमा उनलाई गायिका तथा सहकर्मी समी लावतीले साथ दिएकी हुन् । 

टिम मेलिनाबाट ब्याटल राउन्डमै बाहिरिएका गगनले यस गीतमार्फत एउटा स्पष्ट सन्देश दिएका छन् । साँचो प्रतिभा चिन्न नसक्ने व्यवस्थाको भत्सर्ना गीत संगीतमा भविष्य खोज्ने, आफ्नै सिर्जनाले जीवन बाँच्ने, लय बनाउने र गाउने व्यक्ति तथा साँचै प्रतिभावान मान्छेहरूलाई छान्नुको सट्टा बाहिर पारिएको पीडालाई उजागर गरिएको  गगनले बताए । 

गगनको आक्रोश र व्यथाले गीतको सुरुवात गर्छ भने क्रमशः विभिन्न चरणहरू पार गर्दै अन्त्यमा गायिका समी लावतीको स्वरमार्फत "अँध्यारोपछि उज्यालो अवश्य आउँछ" भन्ने आशावादी सन्देशले गीतको समापन हुन्छ । गगन यस गीतमार्फत आफूमात्र नभई रियालिटी शोहरूबाट पाखा लगाइएका कैयौँ प्रतिभाशाली कलाकारहरूको पीडा बोल्न खोजेको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार