हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

दक्ष खबर 16544+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौँ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो ।

बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार