कामपाद्वारा औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन अनगुमन

दक्ष खबर 16544+ समाचार ( )
२५ मंसिर २०८०, बुधवार



काठमाडौँ । औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले अनगुमनलाई निरन्तरता दिएको छ ।

आज वडा - १ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यस अघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई किराना पसलमा रुपान्तरण गरिरहेको भेटिएको महानगरले जनाएको छ  । त्यस्तै नक्साल फार्मेसीलाई सुधारका ७ दिनको अवधि दिइएको छ । 

योग्यता प्राप्त व्यक्ति आफैँले मात्र औषधी बिक्री बितरण गर्न सक्ने  महानगरले जनाएको छ । औषधि पसल सञ्चालन गर्न सम्बन्धित वडामा व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ तर, औषधि व्यवस्था विभाग र महानगरपालिकाको स्वास्थ्य विभागमा दर्ता हुनुपर्ने  प्रावधान रहेको छ। यस व्यवसायका लागि समेत पान नं. अनिवार्य हुन् आवश्यक । 

चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री गर्न नपाइँने बताइएको छ । प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण गर्न नपाइने प्रावधान रहेको छ । 

मापदण्ड पालना नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को व्यवस्थाबमोजिम कारवाही हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार