काठमाडौँ महानगरपालिकाद्वारा गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई अनुदान रकम उपलब्ध

सुजन तिमल्सिना 23+ समाचार ( )
३० फाल्गुन २०७९, बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमका बिच ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई २ लाख रुपैयाँ अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख बालेन शाहले,'काठमाडौँ महानगरपालिकाले नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ।

उहाँले, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो ।’ 

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका संपदा विभाग प्रमुख तथा वडा-८ का वडाअध्यक्ष आशामान संगतले, हाम्रो धार्मिक परम्पराहरू अस्तित्व जोगाइराख्न र यसलाई निरन्तर रूपमा अगाडि बढाउन महानगरले जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभयो ।

गुँला बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार