कक्षा १२ को नतिजा सार्वजनिक

दक्ष खबर 15657+ समाचार ( )
५१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४९ प्रतिशत नन ग्रेडेड
३० श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर आज बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिनुभयो ।

बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनुभयो ।

नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । उहाँका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ । प्रतिक्रिया पुरा नाम टिप्पणी गर्नुहोस् ।

प्रतिक्रिया

SANGIT Thakuri ३० श्रावण २०८०, मङ्गलबार

Hamro tw send gareko sms ma aaudain hoi

Rabin shrestha ३० श्रावण २०८०, मङ्गलबार

31300315

pratima karki ३० श्रावण २०८०, मङ्गलबार

20700919

Surendra tamang ३० श्रावण २०८०, मङ्गलबार

22752183

Kamal bahadur bhandari ३० श्रावण २०८०, मङ्गलबार

27113364

Bibek bhadur thapa ३० श्रावण २०८०, मङ्गलबार

12ko reject

Kamal Bahadur Bhandari ३० श्रावण २०८०, मङ्गलबार

27113364

Shreya Bhusal ३० श्रावण २०८०, मङ्गलबार

22725248

Ganesh Mahara ३० श्रावण २०८०, मङ्गलबार

Best

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार