वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा 'सेन्ट लरेन्स कलेज' सम्मानित

दक्ष खबर 15660+ समाचार ( )
१४ श्रावण २०८०, आइतबार

काठमाडौँ । सेन्ट लरेन्स कलेजलाई वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा 'उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०' प्रदान गरिएको छ । 

चावहिलको मित्रपार्कमा अवस्थित कलेजलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गरेको बाग्मति प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा 'उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०' बाट सम्मानित गरिएको हो ।

प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पुर्याएकाले सेन्ट लरेन्स कलेजलाई वाग्मती प्रदेशकै उत्कृष्ट कलेजका रूपमा 'उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०' बाट सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । 

'उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०' शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनलाई प्रदान गर्नुभएको हो । 

प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११/१२ तर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार