प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकाले सरकारले उचित निर्णय नलिने हो भने अझ बढ्ने बताउनुभयो । मङ्गलबारसम्म चल्ने महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिका एक हजार पाँच सय दुई जना प्रतिनिधि सहभागी छन् ।