प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड

दक्ष खबर 15668+ समाचार ( )
११ माघ २०८१, आइतबार
काठमाडाैँ । प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा शनिवार भएको आज फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् ।

कार्यक्रममा आइटी विज्ञ वशन्त वनले पछिल्लो समय प्रविधि विकास तिब्र गतिमा भइरहेको बताउँदै सोही अनुसार प्रयोग गरी अघि बढ्न चुनौती रहेको बताउनुभयो । उहाँले प्रविधिअनुसार आफूलाई समयानुकुल अपग्रेड गर्दै जान नसके मुलुकको विकास नै धेरै पछाडी पर्ने खतरा रहेको बताउनुभयो ।

उहाँले नेपाल दुई विशाल मुलुकको बीचमा रहेको बताउँदै आइटी, स्मार्ट टेक्नोलोजिलाई अङ्घिकार गरेरअघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आवश्यकताअनुसार अघि बढ्नका लागि रुपान्तरणको ठूलो खाँचो समेत रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘मुलुकको आवश्यकता अनुसार अघि बढ्नका लागि हामीमा रुपान्तरणको ठूलो खाँचो छ । रुपन्तरण नभई जब हामी तानतान गछौँ, कुनैपनि विषयलाई पक्षपोषणका हिसावले, कतातिर जोडिएका छौं भनेर केन्द्रमा राखेर हेर्न थालियो भने जहिले पनि उस्ताको उस्तै रहन्छौं । त्यसैले अबको आवश्यकता एकदमै फरक छ । खुला रुपमा छलफल गरेर अघि बढ्नुपर्छ ।’

पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधारको विकास नभई आर्थिक विकास नहुने बताउनुभयो । उहाँकाअनुसार यातायात, सिंचाई, सुचना प्रविधि, शहरी विकास, जस्ता क्षेत्रहरुलाई राम्रोसँग अघि बढाउन सके यिनिहरुले भविष्यमा राम्रो प्रतिफल दिन सक्नेछन् । 

उहाँले,‘पूर्वाधारको विकास नभई आर्थिक विकास हुँदैन । आर्थिक विकास नभई सामाजिक विकास  हुँदैन । सामाजिक विकासमा धेरै एनजीओ, आइएजीओ, सरकार लागेको देखिन्छ ।’

अर्का विज्ञ डा. सुदन ओलीले विदेशमा गएका नागरिकको सन्दर्भमा रोजगारी सिर्जना गर्न नसकेपनि स्वदेशमा भएकाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । चीनले गरिरहेको विकास, गरिबि न्यूनिकरण र प्रविधिको विकासलाई नेपालले समेत सिक्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार रोजगारी सिर्जना निजी क्षेत्रबाटै हुने हो । निजी क्षेत्रमैत्री वातावरणका लागि सरकारले अहिले थ्रुपै कानून ल्याएको बताउँदै त्यो सकारात्मक रहेको छ । 

उहाँले,‘कम्तिमा यहाँ (नेपालमा) बस्ने मान्छेलाई रोजगारीको सिर्जना गरौँ । सबै विदेश गएका छैनन् ।’ 

संस्थाका अध्यक्ष सोभित उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्का विज्ञ डा. केशव बस्यालले सधँै गुनासो गरेर बसिरहने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । 

उहाँले,‘हाम्रो फाइनाशियल ग्याप छ, दुई महत्वपूर्ण पार्टनर भारत–चीन छन । यी दुई देशलाई हामीले चाहेर पनि छुट्टाउन सक्दैनौं । किनभने हाम्रो इमिडेट बेनिफिट लिने भनेको यि दुई देशबाटै हो ।’ उहाँले भारत–चीनबाट नेपालले धेरै फाइदा लिनसक्ने बताउनुभयो ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार