काठमाडौँ । काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गर्नुु
उहाँले कार्यक्रममा स्वागत मन्तव्य राख्दै, ‘यो महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रुपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्ने बताउनुभयो ।’ उहाँले महोत्सवको सफलताको शुभकामना दिँदै यस्तो प्रयासहरुको खाँचोलाई औल्याए ।
कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदनप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए ।
अर्कावक्ता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर, नाटकलाई भने सोही अनुरुप महत्व नदिने धारणा राख्नुभभयो । आगामी श्रृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो ।
प्राध्यापक माधव प्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौंँ प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताउनुभयो ।
यो महोत्सव दुई देश जोड्ने मञ्चका रुपमा स्थापित हुँदै गएको चर्चा महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायत वक्ताहरूको सहभागीता रहेको थियोे । पत्रकार रुपेश श्रेष्ठले गरेको कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य पनि समावेश गरिएको थियो ।