कक्षा कोठाको अभावमा ४ र ५ कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्दै
२५ वैशाख २०८१, मङ्गलबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव रहेकाे छ ।
कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षकहरू बाध्य रहेका छन्र ।
कक्षा १ देखि ५ सम्म जम्मा ५२ जना विद्यार्थी रहेका छन्, भने कक्षा ४ मा ४ जना, कक्षा ५ मा ३ जना विद्यार्थी रहेका छन् । तस्बिर : दाने बोहरा