एनसेलको शेयर अनियमिततामा रास्वपाको ध्यानाकर्षण

दक्ष खबर 15672+ समाचार ( )
२० मंसिर २०८०, बुधवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिद ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

आज सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त क्षेष्ठले एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको बताउनुभयो । एउटा कम्पनीको एक जना व्याक्तिले देशमा लगानीको वातारवण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार