माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय निर्णय

दक्ष खबर 15672+ समाचार ( )
७ पौष २०८१, सोमबार

काठमाडाैँ । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रवार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदको आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रवार बोलाउने निर्णय भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाइएको छ । प्रतिपक्षहरुले दिन दिनै कहिलेदेखि कहिलेदेखि भन्ने गर्दथे । अब माघको १८ गते शुक्रवार दिनको १ बजे संसद बोलाइएको छ ।’

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरुले कहिलेबाट संसद बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार