अहिलेको बजेटबाट सबैभन्दा बढि सत्तारूढ दल नेकपा एमाले असन्तुष्ट छ : प्रदिप पौडेल

दक्ष खबर 15668+ समाचार ( )
८ आषाढ २०८१, शनिबार

काठमाडौँ । पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको बजेटबाट सबैभन्दा बढि सत्तारूढ दल नेकपा एमाले असन्तुष्ट रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आ  आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो ।

“काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस स-शक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो ।

क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार