मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम अन्तरगत सुगर, ब्लड प्रेसर, यूरिन जाँच

दक्ष खबर 15671+ समाचार ( )
२६ पौष २०८१, शनिबार

काठमाडौँ । मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम अन्तरगत सुगर, ब्लड प्रेसर, यूरिन जाँच कार्यक्रम  शुभारम्भ भएको छ । गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीमा नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरि शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा स्वास्थ्य स्क्रिनिङ कार्यक्रमको शुभारम्भ गर्नुभएकाे हाे ।

सुगर, ब्लड प्रेसर, यूरिन जाँच हुने मुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम हरेक महिना सञ्चालन हुने नगर प्रवक्ता नारायण बहादुर सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम बिहान ९ बजे देखि ११ बजेसम्म हुने र स्वास्थ्य स्क्रिनिङ पछि आवश्यकता अनुसार आयुर्वेद अस्पतालबाट औषधि लगायतका सेवा लिन सकिने सुवेदीले जानकारी दिनुभयो ।


कार्यक्रमको वडासदस्य लक्ष्मी पुडासैनी लगायतले निरिक्षण गर्दै ४५ जनाकाे स्वास्थ्य स्क्रिनिङ गरिएकाे बताउनुभयाेमुख्यमन्त्री जनता स्वास्थ्य स्क्रिनिङ कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा वडा ५ स्थित शहरी स्वास्थ्य केन्द्र जोरपाटी र वडा ३ स्थित बालुवा स्वास्थ्य केन्द्रमा सञ्चालन हुने वडासदस्य पुडासैनीले बताउनुभयाे ।

स्वास्थ्य स्क्रिनिङ कार्यक्रम शनिवार समेत वडा कार्यालय शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा सञ्चालन रहेकाे थियाे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार