काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ६ मा रहेको एडोब कन्सल्टेन्सी एण्ड करियर डेभलपमेन्ट प्राइभेट लिमिटेडले पहिलो वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ ।
शनिबार आयोजित एक समारोहका बिच गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा एडोब कन्सल्टेन्सीले आफ्नो पहिलो वार्षिकोत्सब समारोह सम्पन्न गरेको हो ।
कार्यक्रमको सभापतित्व गर्नुहुदैँ रोशन श्रेष्ठले, यस संस्थालाई आजको स्थान सम्म ल्याउन साथ सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ब्यक्त गर्दै आफुहरूको यात्रा निरन्तर अनवरत रूपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले पहिलो वार्षिकोत्सबको शुभकामना ब्यक्त गर्नुहुदैँ पछिल्लो समय देशका युवाहरू विदेशीदैँ गरेको परिस्थितिमा यस संस्थाले देशमै बसेर केही नयाँ गर्नुपर्छ भन्ने भावनालाई अगाडि बढाएको बताउनुभयो । उहाँले सिप सिकेर मात्र नहुने र सिपलाई सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवं कागेश्वरी मनोहरूा नगरपालिकाका उपप्रमुख शान्ता थापाले विद्यार्थी दक्षताले मात्र नपुग्ने बताउदैँ यसलाई सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, गोनपा वडा ६ का वडाअध्यक्ष नवराज लामाले प्रथम वार्षिकोत्सबको शुभकामना ब्यक्त गर्नुहुदैँ आगामी दिन यस संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।
त्यस्तै, एडोब कन्सल्टेन्सीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई ३ महनाको कम्युटर तालिम पनि दिएको थियो । उक्त तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियोे ।
उक्त संस्थाका अध्यक्ष जगदीश चापागाईंले आगामी दिनमा विभिन्न क्षेत्रमा अपाङ्गता भएका मानिसहरूलाई अपाङ्गतामैत्री युनिट बनाएर कम्युटर ट्रेडिङ दिने तथा गृहिणी महिलाहरूलाई निम्न शुक्लमा तालिम उपलब्ध गराउने काम अगाडि बढाउने बताउनुभयो । ब्राइड स्टार सोसाइटीमका संस्थापक बासुदेव अधिकारीले स्स्थाका विभिन्न क्रियाकलापहरूमा आफुले आफ्नो स्तरबाट साथ सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
कार्यक्रममा माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट जिपिए ल्याउने ब्यक्तिहरूलाई सम्मान गरिएको थियो । ३.९५ ल्याउने प्रतिक तामाङ्ग, ३.८६ जिपिए ल्याउने दिपेश दुंगेल र ३.८२ जिपिए ल्याउने कोशिका थापा मगरलाई सम्मान गरिएको थियो भने, संस्थाका उत्कृष्ट योगदान पुर्याउने कर्मचारी संयोग श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै, कार्यक्रमका विद्यार्थीहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरूको सहभागीता रहेको थियो ।