चाडपर्व लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना

दक्ष खबर 15672+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

 काठमाडौँ । काठमाडौँँको गोकर्णेश्वर नगरपालिकाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चाडपर्व लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

 

 गोकर्णेश्वर नगरपालिका वडा ४, ८, ९ एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी तथा प्रहरी वृत्त बौद्धको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।  नजिकिँदै गरेको चाडपर्वहरू दशैँ तिहार तथा छठ पर्व लक्षित शान्ति सुरक्षासम्बन्धित वडा वासिहरूको राय सहित अगाडि बढ्ने हिसावले विविध विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो । 


कार्यक्रममा बोल्दै प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डेले, ' विविध विषयमा चाडपर्व लक्षित बजार व्यवस्थापन तथा ठगि गर्नेहरूलाई कार्वाही गर्ने बताउनुभयो । उहाँले पुलिस मेन रोडमा होइन गल्लि गल्लिमा पुगेर त्यहाँका समस्या समाधान गर्ने बताउनुभयो ।  त्यस्तै, गोनपाका उप मेयर सान्नानि लामाले नगरपालिका र प्रहरी सँगसँगै जनताको माझमा समझदारी गर्दै अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार