रास्वपाका मन्त्रीहरूले आज राजीनामा बुझाउदैँ

दक्ष खबर 15668+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आज राजीनामा बुझाउने भएका छन्। बुधबार नै राजीनामा दिने भनिएपनि केन्द्रीय समितिको बैठककाे कारण सम्भव नभएकाे हाे।

नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी  मन्त्रीहरूले हिजाे नै राजीनामा दिएका छन् । साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

आज रास्वपाबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले समेत राजीनामा दिने तयारी रहेकाे छ । रास्वपाले एमाले-कांग्रेसको सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ।

हालको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

एमालेले साेमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन ताेडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकाे सरकार बनाउने सहमति गरेकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार