काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा आइतबार रातिदेखि काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ ।
काठमाडौँको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९।६ मिलिमिटर वर्षा मापन भएको छ ।
खाडीबाट आएको जलवाष्पयुक्त हावाले पछिल्लो १२ घण्टामा नेपालका कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ।