सागर लामिछानेको निर्देशनमा राईको 'हातैमा लेखेको' गीतको भिडियो सार्वजनिक

दक्ष खबर 15672+ समाचार ( )
१८ माघ २०८०, शुक्रबार

काठमाडौं । सागर लामिछाने मगरको निर्देशनमा बनेको 'हातैमा लेखेको' बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । 

पदम राई तथा सुनिता सन्यक लिम्बुको स्वर रहेको उक्त गीतको शब्द डिपि खनालले लेखेका छन् । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका हुन ।

प्रेमिल भावनाले भरिएको उक्त गीतको भिडियो भने लामिछानेको निर्देशनमा रहेको छ, जसलाई सम्भव सुबेदिले खिचेका छन । भिडियोमा गायकद्वय लिम्बु र राईसँगै रिया  लामा र निमबाबु तामाङको पनि अभिनय रहेको छ .। भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।

हेर्नुहोस भिडियो : https://youtu.be/xYyLTgvT7M4?si=7VtzCNkXjGRDUqp5

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार