लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ई द्वारा प्रहरी वित्त गौशालालाई अत्यावश्यक सामाग्रीहरु प्रदान

दक्ष खबर 15668+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौँ। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ई ले महानगरीय प्रहरी वित्त गौशालालाई अति अत्यावश्यकीय सामाग्रीहरु प्रदान गरेको छ ।

जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरी वित्तमा आगजनी गरेपछि हाल त्यहाँकाे अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यकीय सामाग्रीहरु प्रदान गरिएको हाे । 

दैनिक रुपमा आवश्यक पर्ने ग्यास, भाडाँकुडाँ, सरसफाई गर्ने सामाग्रीहरु काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत सहितकाे उपस्थितिमा प्रहरीलाई हस्तान्तरण गरिएको हाे ।

करिब १ लाख १७ हजार रुपैयाँ बराबरको सामाग्रीहरू प्रदान गरिएको सेकेन्ड भिडिजी लायन बिमल कुमार श्रेष्ठले बताउनुभयाे । 

लायन्सका विभिन्न तह र तप्काका ब्यक्तिहरूकाे सहयाेगबाट प्रहरी वित्तलाई अत्यावश्यक सामाग्रीहरु प्रदान गरिएको र स्थानीयहरूले समेत सहयाेग गरिरहेकाे वडाअध्यक्ष आशामान संगतले बताउनुभयाे । 

कार्यक्रममा, डिस्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ता, आईपिडिजी लायन रामशरण बस्नेत, फस्ट भिडिजी श्याम कुमार यादव, सेकेन्ड भिडिजी लायन बिमल कुमार श्रेष्ठ, पिएमसिसी लायन दिनेश पौडेल, पिडिजी अनन्त प्रसाद भेटुवाल, पिडिजी लायन टंक बहादुर श्रेष्ठ लगायतका लायन्स लिडरहरुको उपस्थिती रहेकाे थियाे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार