मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न, विशिष्ट व्यक्तिहरूलाई सम्मान

दक्ष खबर 15668+ समाचार ( )
६ माघ २०८१, मङ्गलबार

काठमाडाैँ । मनास्लु वर्ल्ड कलेजले  ‘स्वागत तथा सम्मान कार्यक्रम २०८१’ सम्पन्न गरेको छ । कार्यक्रममा सभापति मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा रहानुभएकाे थियाे भने, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकाे  प्रमुख आतिथ्यतामा  ‘स्वागत तथा सम्मान कार्यक्रम २०८१’ सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै अभिनेता राजेश हमालले, आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिनुभयाे । उहाँले भन्नुभयो, ‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पु-याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसको लागि मेहनत गर्नुपर्छ । कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन । गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ । यहाँहरु भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरु उजाृ, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’

त्यस्तै, उपप्रधानमन्त्री प्रकाशमान सिंहले, ‘धेरै कुरा गर्नु भन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेण्ड यो नेपालमा बसेर के हुन्छ ? भन्नेकुरा छ । यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ । फ्रिडम छ । अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ । यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस् ।’ उहाँले, कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित भएकाे बताउनुभयो ।

कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले, 'हातमा सर्टिफिकेट मात्र हैन कुनै न कुनै विषयमा वा विद्यार्थीले चाहेको विषयमा निपुर्ण बनाएर यो समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर कलेजले कार्यक्रम बनाई रहेको बताउनुभयो ।'

त्यस्तै, मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठले,'राज्यले सम्मान गर्नुपर्ने विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।' उहाँले विद्यार्थीहरूले पढाइ सँगसँगै अन्य क्रियाकलापहरू लाई अगाडि बढाउनु पर्ने बताउनुभयाे ।


कार्यक्रममा ‘मनास्लु सम्मान २०८१’अन्तर्गत महानायक राजेश हमाल (कलाकारिता), राजेन्द्र बानियाँ (सञ्चार), अनुराधा कोइराला (समाज सेवा), किरणकुमार चेम्जोङ (खेलकुद), प्रा.डा. बालचन्द्र लुइँटेल (शिक्षा) लाई सम्मान गरिएको थियो । त्यस्तै, ‘मिस्टर एन्ड मिस मनास्लु’ प्रतियोगितामा अश्विन गुरुङ (विजेता), रोसिन ढकाल (मिस मनास्लु विजेता) घोषित भएका थिए । ‘मनास्लु नृत्य तारा’ उपाधि वविता मगरले जितेकी थिइन भने, ‘मनास्लु गायक’को विजेता सन्देश लो भएका थिए । उत्कृष्ट शिक्षक तथा कर्मचारीहरू सम्मानित गरिएकाे थियाे । विभिन्न विधामा प्रतियोगिता जित्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख जयन्ती सत्याल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेसनल प्याब्सन) केन्द्रीय समिति सचिव विष्णु पराजुली, लायन्स इन्टरनेसनल ३२५ ई पत्रिका प्रमुख लायन अनन्त प्रसाद भेटुवाल, लायन्स इन्टरनेसनल ३२५ ई नेपाल जिल्ला गभर्नर लायन रामशरण बस्नेत लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा शिक्षासेवी, कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा खेलकुद क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा चर्चित गायक तथा सङ्गीत समूहहरूले प्रस्तुति दिएका थिए । ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ विजेता तेरिया मगरको प्रस्तुति रहेकाे  थियो । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल २०६२ तथा सञ्चारकर्मी सुगारिका केसीले गरेकी थिइन् । मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको कलेजले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार