समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् : बालेन शाह

दक्ष खबर 15668+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देश विभिन्न समितिहरूबाट चलेको बताउनुभएको छ ।पशुपति धर्मशालाका विषयमा काठमाडौँ महानगरलपालिकालाई पशुपति क्षेत्र विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न दिएको बताउनुभएको हो । 

उहाँले सञ्जालमा, "नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको थियो ।

तर त्यो हटाउने बारेमा अदालतमा मुद्दा पर्छ । अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ ।

आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ । 

अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।"

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार