काठमाडौँ । शान्ति फाउण्डेसनको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध नाटक प्रस्तुत गरिएको छ । मंगलबार राष्ट्रिय नाचघरमा आयोजित एक समारोहकाबिच नाटक मञ्चन गरिएको हो ।
निरू खड्काको परिकल्पना तथा निर्देशनमा तयार पारिएको नाटकमा लोकेन्द्र लेखक, निरू खड्का, सन्देश लामिछाने, नमस्ते दिवाकर घिमिरे, दिपमाला परियार र चन्द्रा थापाको अभिनय रहेको छ ।
समाजमा सकारात्मक परिवर्तन सँगसँगै मानव बेचबिखन जन्य अपराधीक घटनाक्रमहरूलाई रोग्न नाटक प्रस्तुत गरिएको हो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नाटक सञ्चालन गरिएको उहाँले नाटक करिव ३५/४० मिनेटको रहेको छ ।