काठमाडौँ । जेनजीको प्रदर्शनपछि काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो ।
काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ ।
सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदुषित वायुले ढाकिएको हो ।