माघ १५ गते यता जिल्ला प्रहरी परिसर, काठमाडौंद्वारा ३ हजार ३७९ फरार प्रतिवादी पक्राउ

दक्ष खबर 15668+ समाचार ( )
२९ पौष २०८१, मङ्गलबार
काठमाडाैँ ।नेपाल प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वर्ष ४१ का नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनुभयो । उहाँले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान केस मुद्दामा संलग्न रहेको बुझिएको बताउनुभयो । देउला कतिपय केसमा कारागार सजाय भोगेर र कतिपय केसमा धरौटीमा रिहा भइको पाइएको बताउनुभयो । देउलाबाट करिव ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको बताउनुभयो । 

त्यस्तै काठमाडौँको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग वर्ष २३ का संघर्ष कार्कीको ज्यान गएको प्रहरीले बताएको छ । हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ पर्नेमा वर्ष २३ का युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँच पटक पक्राउ गरिसकेको बताउनु भयो । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ रहेको बताउनु भयो । त्यस्तै अर्का वर्ष १९ का क्षितिज कार्की रहेको बताउनुभयो । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनुभयो । एक जना अझै फरार रहेको जानकारी दिनुभयो । 

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३, बुढानीलकण्ठ गैह्रीगाउँस्थित दुई वटा घर भाडामा लिएको र क्रिप्टो करेन्सी सञ्चालन गरेको घटनामा २३ जनलाई पक्राउ गरिएको बताउनुभयो । घटनाबाट विभिन्न किसिमडा डिभाइस, ट्रान्जेक्शन गर्ने ल्यापटप, क्म्प्युटर लगायतका सामग्री बरामद गरेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानअनुसार ३ अर्ब १३ करोड भन्दा बढी रकम बराबरको सट्टाबाजी भएको देखिएको बताउनु भयो । पक्राउ पर्ने २३ जना व्यक्ति सबै भारतीय नागरिक रहेको बताउनुभयो । ८८ थान मोबाइल, १० वटा ल्यापटप, भारतीय सिमकार्ड ५० वटा, भारतीय एटिएम कार्य ९ वटा बरामद गरेको बताउनुभयो । 

माघ १५ गतेदेखि अहिलेसम्म ३ हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार