सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ : उपप्रधानमन्त्री

दक्ष खबर 15668+ समाचार ( )
२१ पौष २०८१, सोमबार
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ ।

सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताउनुभयो ।

अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताउनुभयो । सामुदायिक विद्यालयहरुगुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले यो क्षेत्रको नेतृत्व गर्दै आइसकेपछि स्कुलहरुमा, त्यसमा पनि सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण जुन छ त्यसमा सुधार ल्याउनका लागि, पूर्वाधारहरुको आवश्यक हुन्छ, त्यसलाई जोड दिएर हामीले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुमा हामीले यहाँ जोड दिएका छौँ । संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ । शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन । हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन । गुणस्तर शिक्षा दिन र अतिरिक्त क्रियाकलापमा पनि र विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेमा सामुदायिक स्कुलहरुले धेरै राम्रो काम गरिरहेका छन् ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार