वातावरण प्रदूषणबारे कावा प्रधानमन्त्री प्रकाशमान सिंहले गरे छलफल

दक्ष खबर 15672+ समाचार ( )
२० फाल्गुन २०८१, बिहीबार

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिहंले वातावरण प्रदूषणको हालको अवस्थाबारे विज्ञहरुसँग छलफल गरेका छन् । 

बिहीबार शहरी विकास मन्त्रालयमा प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल गरेका हुन् । 

छलफलमा बोल्दै मन्त्री सिंहले अहिले प्रदुषणले आँखा पोल्नेदेखि लिएर घाँटी खसखस हुने समस्या भइरहेको भन्दै तत्कालै सरकारले यसमा गर्नुपर्ने कामको सन्दर्भमा विज्ञहरुबाट सल्लाह लिएर मात्र काम गर्दा राम्रो हुने भएकाले छलफल गरेको बताए । 

उनले भने,‘अहिले प्रदूषणले जुन सीमा नाघिरहेको छ । आँखा पोल्नेदेखि लिएर घाँटी खसखस हुने समस्या भइरहेको छ । तत्कालै सरकारले यसमा गर्नुपर्ने काम के हो,अझ एकिन गर्न विज्ञहरुबाट सल्लाह लिएर मात्र काम गर्दा राम्रो हुन्छ भनेर यो छलफल गरेको हो  ।’ 

उनले चाँडै नै अरु पनि निकायहरुसँग पनि परामर्श गरेर निर्णय गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार