काठमाडाैँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । बिहीवार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिष्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिकाअुनसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै ल्याउनुभएको छ । गत माघ २९ गते मतदान भएकोमा बिहीवार मतपरिणाम आएको हो । महाधिवेशनमा एक हजार तीन सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।
उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका हुनुभएको छ । साथै उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित हुनुभयो । त्यसैगरी, महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित हुनुभएको छ ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गर्नुभएको छ । न्युज एजेन्सी नेपाल