भारतीय विदेशसचिव मिस्री आज स्वदेश फर्किँदै

दक्ष खबर 15668+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौँ। नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएका विदेशसचिव मिस्त्री आज स्वदेश फर्किँन लाग्नु भएकाे हाे । 

आइतबार नेपाल आइपुग्नु भएका मिस्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएकाे थियाे । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गर्नु भएकाे थियाे । 

विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार