'मिस भिवा'का सोह्र जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न

दक्ष खबर 15668+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडौँ । उमंग क्रियशनले 'मिस भिवा'का सोह्र जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ । 

आज आयोजित एक समारोहकाबीच सोह्र जना प्रतिस्पर्धीहरूले आफुभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन । 

उनिहरूको प्रस्तुतिको जममेन्टमा एनवाइएस ए सटिफाइड  पर्सनल सविना श्रेष्ठ, फ्याकल्टि मेम्बर नमुना कलेज अफ फ्यसन टेक्नोलोजी जगत मगर, कोरियोग्राफर प्रशान्त ताम्राकार रहनु भएको थियो । 

प्रतिस्पर्धीहरूले लगाएको कपडाको डिजाइन डिजाइनहरूले गरेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी दिनुभयो । 

'मसि भिवा' संस्कृत शव्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटिको रहेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो । 

मिस भिवाको बिजेताले मिस ग्रान्ड नेपालमा सहभागीता जनाउँन पाउने छन् ।  "मिस भिवा"को फिनाले आगामी बुधबार हेरिटेज गाडेन सानेपामा हुने निर्देशक उद्धव अधिकारीले बताउनुभयो । 

प्रतियोगितामा मिमोशा राई, अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् । 

प्रतिस्पर्धीहरूको स्विम सुट स्विम बेर इन्टिमेन्स् नेपालले डिजाइन गरको हो भने, टप मोडल राउन्डको कपडा चिनो बेर्सले डिजाइन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार