पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्यो : माओवादी केन्द्र

दक्ष खबर 15670+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताउनुभएको हो । उहाँले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताउनु भयो ।

उहाँले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताउनु भयो । उहाँले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको बताउनु भयो । उहाँले तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बाट बढी क्षति भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो । यही बाढी प्रभावित विषयवस्तुसँग सम्बन्धित रहेर । ढिलो गरी भएपनि सरकारले बैठक बोलायो, हामीले यसको लागि धन्यवाद नै भन्यौँ । सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा भन्यौँ । विपद् बाजा बजाएर आउँदैन । तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो । त्यसको आधारमा पूर्वसूचना त जारी ग-यो । पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी गरेको महशुस गरेका छौँ । सरकारसँग कुरा राख्यौँ । खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ । तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ । सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ । खोज र राहतको काममा केन्द्रित हुने र अरु उपचारसँग सम्बन्धित, अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । यो बेला प्रतिपक्ष, पक्ष नभएर एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छौँ ।’

उहाँले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन आग्रह गरेको बताउनु भयो । उहाँले खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभयो । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गर्नुभयो । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार