काठमाडौँ । आइसिसी यु-१९ विश्वकप अन्तर्गत अफगानिस्तानलाई नेपालले पराजित गरेको छ।
खेलमाकप्तान देव खनालको अर्ध शतक बनाएका थिए भने नेपाली बलर आकाश चन्दले ५ विकेटलिएका थिए । नेपालको जित सुनिश्चित गर्न दुवैको योगदान महत्वपूणर् रहेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।
अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।
समूह डी मा रहेको नेपालको पहिलो खेलमा न्युजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो । अहिलेसम्म समूह डी मा न्युजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २-२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समूह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।