विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

दक्ष खबर 15668+ समाचार ( )
२६ मंसिर २०८१, बुधवार

काठमाडौँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित प्रतिनिधि मण्डललाई विदाई गरिएको छ । 

टोलीलाई सफलताको शुभकामना दिदैँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार  विदाई गर्नुभएको हो । 

हंगेरीमा हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपालका लागि चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका महासचिव इश्वर कार्कीले बताउनुभयो । 


उहाँले, "डिसेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवाना लामा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।"

टीममा प्रमुखका रूपमा नेपाल पौडी संघका कोषाध्यक्ष दिलिप वैद्य रहनु भएको छ भने, प्रशिक्षकका रूपमा रत्नलाल महर्जन, अफिसियल प्रतिनिधिमा रूपमा नेपाल पौडी संघका  अध्यक्ष जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई रहनु भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार