समाजसेवी एवं पूर्व वडाअध्यक्ष सुवर्ण वैद्यको निधन

दक्ष खबर 15659+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ का पूर्व वडाअध्यक्ष सुवर्ण वैद्यको निधन भएको छ । आज साँझ वैद्यको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको हो । 

सामाजिक कार्यमा सक्रिय वैद्य असार ५ गते सडक दुर्घटनामा परी उपचाररत हुनुहुन्थ्यो । उहाँ पशुपति आर्यघाटमा घाटे बैद्यका रूपमा समेत रहनुभएको थियो । 

उहाँ २०४० सालमा काठमाडौँ नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित रहनुभएको थियो । २०६२/६३ को जनआन्दोलनअघि छोटो समय दोस्रो कार्यकालका लागि  वडाध्यक्ष समेत रहनुभएको थियो । 

बैद्यको भोलि (आईतबार) पोस्टमार्टम पछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार