सहकारी पीडितलाई राहत दिएर र दोषीलाई कानूनको दायरामा ल्याउछौँ : उपप्रधानमन्त्री

दक्ष खबर 15668+ समाचार ( )
११ मंसिर २०८१, बिहीबार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताउनुभएको छ । बिहिबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताउनुभयो । उहाँले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताउनुभयो । 

‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,’ उहाँले भन्नुभयो, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’ कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उहाँले बताउनुभयो । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि  सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । 

सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उहाँले बताउनुभयो । ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘ संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ । यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन् ’ 

नवलपुरमा नमूना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडी बढ्न नसकेकोमा अहिले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको सिंहले बताउनुभयो । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ०७६ फागुनमा तयार भएपनि काम अघि बढ्न सकेको थिएन । 

त्यस्तै  देशको विशेष संरचनाहरुलाई व्यवस्थापन र सञ्चालनका लागि काम अघि बढेको बताउनुभयो ।  यअसघकिा सरकारले उसै हुन्छ भनेका विषयहरुलाई आवश्यक नियमकानून बनाएर सञ्चालनमा ल्याउन अहिले सरकारले द्रुत गतिमा काम गरिररहेको र यसको सकारात्मक परिणाम केही समयमा देखिने दाबी गर्नुभयो । 

चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन आइपुग्नुभएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताउनुभयो । ‘नीजि क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्यो नी । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ । महोत्सवहरुले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढावा दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार