काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनको दोस्रो बैठक ३ जना नेताले गर्दा,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले ३ जना नेताले गर्दा,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताउनुभएको हो ।
काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।