काठमाडौँ । नेपाल पौडी संघले आयोजना गरेको प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आजबाट शुरूवात भएको छ । प्रतियोगितामा ३ सय ५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ समुहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिनुभयाे । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने उहाँले बताउनुभयाे छ ।
खेलहरू सातदोबाटोस्थित सस्टकोर्ष पौडी पोखरीमा हुने उहाँले बनाउनुभयाे । गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघले गर्न लागेकाे यो पहिलो प्रतियोगिता हो ।