काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत पर्ने सिफल ढोकादेखि जयवागेश्वरी मन्दिर परिसरको बाटो हाल पुनः निर्माण भईरहेको छ ।
यतिबेला हर जो कोहिलाई पनि यो बाटो कहिलेसम्म पुनःनिर्माण भएर राम्रोसँग सञ्चालनमा आउने हो भन्ने चिन्ता पनि बढ्दै गएको छ । सँगसँगै यतिबेला ढुङ्गा बिच्छाउने काम धमाधम भईरहेको छ । चौतर्फी रूपमा विरोधका बाबजुद पनि काठमाडौँ महानगरपालिका वडा ८ का वडाका वडाबासीहरू बाटो पुन:निर्माणको काम कहिले सक्किने हो भन्ने पर्खाइमा रहेका छन् ।
यसैबीच, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडा अध्यक्ष आशामान संगतले, ' अबको केही दिनमा नै बाटोको पुन:निर्माण सकिने दक्ष खबर सँग कुराकानी गर्दै बताउनुभएको छ ।'
उहाँले, 'बाटोको पुनःनिर्माण सकेसम्म चाडैँ सकिने गरी तिव्र रूपमा काम अगाडि बढाईरहेको बताउनुभयो ।' वडा अध्यक्षले, 'निर्माण सामाग्री अभावका कारण केही दिन काममा ढिलो भएको र निर्माण कम्पनी सँगको निरन्तर ताकेताका कारण अबको केही दिनमा नै बाटोको पुनःनिर्माण सकेर वडा बासीको समस्या समाधान गर्न आफु दिनरात लागि परेको उहाँले बताउनुभयो ।'
वडाअध्यक्ष संगतले, अब निर्माण सामग्रीको अभाव समेत नहुने र निरन्तर रूपमा सामाग्री आपूर्ति सँगसँगै कामलाई अगाडि बढाइएकाले वडाबासीलाई जात्रा अगावै बाटोको पुन निर्माण सकेर उहाँहरूको जिज्ञासा मेटाउने पहलमा आफुहरू रहेको दोहोर्याउनुभयो ।'
पटक पटक समय थप हदाँपनि बाटो नबनेकोमा बडाबासीको गुनासो रहेको थियो । उता निर्माण कम्पनीले समयमानै सामान ल्याउन नसक्दाँ काममा ढिला भएको स्विकार्दै वडा अध्यक्ष संगले निश्चिन्त भएर जात्रामा निर्माण सम्पन्न बाटोबाटै रथ गुडाउने गरी तयारी अगाडि बढाइएको बताउनुभयो ।
दक्ष खबर सँगको कुराकानीमा उहाँले बाटोको पुनः निर्माण सँगसँगै वडा भवनको पनि यहिँ आर्थिक बर्षभित्र निर्माण कार्य सम्पन्न गरी वडाबासीलाई नयाँ वर्षमा नयाँ वडाभवनबाट सेवा दिने हेतुले निरन्तर रूपमा काम भईरहेको पनि उहाँले बताउनुभयो ।
निर्माण कम्पनीले भने केही दिनमै बाकी निर्माणको काम सकेर वडालाई बाटो हस्तान्तरण गर्ने जनाएको छ ।वडाबासीहरूमा भने बाटो निर्माण कार्यले गर्दा केही महिनादेखि सास्ती भोग्नुपरेको र धुलो, धुवाँ, सँगसँगै बाटो हिड्न अप्ठ्यारो भएकाे गुनासो चौतर्फी रूपमा सञ्जाल देखि पसल पसलमा समेत चर्चा चल्न थालेको थियो ।