कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म 

दक्ष खबर 15672+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेको बताउनुभएकाे छ । 

शुक्रबार बैठकपश्चात उहाँले बैठकको सुरुको दिनमा प्रस्तुत भएका विषयहरुमाथि धारणा राख्ने काम जारी रहेको जानकारी दिनुभयाे ।  

उहाँले,‘नेपाली काङ्ग्रेसको २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु जुन परिमार्जनसहति पास गर्नुपर्ने थियो त्यो प्रस्तुत भयो । साथै, अन्य समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी विषयहरु पनि प्रस्तुतभयो । यसमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।’  

यसको साथै, साउन २८ गतेसम्ममा बैठक सकाउने तयारी रहेको उहाँले बताउनुभयाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार