काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागू औषधनियन्त्रणका लागि छुट्टै लागू औषध नियन्त्रण विभाग गठन गर्ने घोषणागर्नुभएको छ ।
बिहीबार काठमाडाैँमा आयोजित लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धकोअन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
“हामी लागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक बर्षमा गृह मन्त्रालय अन्र्तगतलागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।” गृहमन्त्री लेखकले भन्नुभयो,“ गृहमन्त्रालयले लागू औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएको छ ।”
लागू औषधसेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेकोबताउनुभयो ।“ मुख्य विषय भनेको यसको रोकथामन हो । जनचेतनामहत्वपूर्र्ण विषय हो । लागू औषधको दुरुपयोगले समाजलाई समाजलाईभयावह ढंगले प्रभावित गरेको छ ।” लेखकले भन्नुभयो–“ लागूऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ ।”
लागूऔषधनियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रणकठिन रहेको बताउनुभयो । “एक लाख ३४ हजारजना लागूऔषध सेवनककर्ता रहेको तथ्याङक छ । समाज नराम्रोसित प्रभावित हुदैछ ।”
उहाँले भन्नुभयो, “मुलुकभरका कारगाराका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामालागूऔषध दुव्र्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ । यसबाट पनि यसकोअवस्था प्रष्ट हुन्छ” दिवसका अवसरमाआयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।