गणतन्त्र स्थापना भएको पन्ध्रौं वर्षको अवसरमा काठमाडौँमा कचहरी नाटक मञ्चन

दक्ष खबर 15672+ समाचार ( )
१२ जेठ २०८०, शुक्रबार


काठमाडौँ । देशमा गणतन्त्र स्थापना भएको पन्ध्रौं वर्ष पुगेको अवसरमा नाटक मञ्चन गरिएको  छ । गणतन्त्र स्थापना सँगै २०७२ साल असोज ३ गते देशले नयाँ संविधान पाएको हो । 

संविधान बनेको ८ वर्ष पुग्नै लागेको छ ।  त्यही संविधानमा आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरियो । धेरैलाई लाग्यो, अब सजिलै आमाको नामबाट उनका सन्तानले नागरिकता पाउने भए । तर, त्यसो भएन । संविधानलाई कार्यन्वायन गर्ने कानुन निर्माणमा ढिलाई हुँदा धेरै नागरिक अझै नागरिकता बाट बन्चित भैरहेका छन् । जुन कथा नाटकले उठाएको छ । 

पन्ध्रौं गणतन्त्र दिवसको अवसर पारेर संविधानमा उल्लेख गरिएको आमाको नामबाट नागरिकता प्रदान गरिने व्यवस्था अनुरुपको कानुन छिटोभन्दा छिटो निर्माण गर्न दबाब स्वरुप  महिला कानुन तथा विकाश मञ्च [FWLD] ले काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न ठाउँहरुमा कचहरी नाटक मन्चन गरिरहेको छ । 

रङ्गकर्मी तथा उक्त नाटकका संयोजक सुवास सुवेदिका अनुसार नाटकले, "हामिले महिला कानुन तथा बिकास मन्चको सहकार्यमा आमाको नामबाट  नागरिकता सहज रूपमा प्राप्त गर्ने वातावरण बनोस भन्दै २०७४ साल देखि देशका विभिन्न ठाउँमा नाटक मन्चन गरिरहेका छौँ । संविधान बनेको यतिका वर्ष भैसक्दा पनि संबिधानले सुनिश्चित गरिसकेको आमाको नामबाट नागरिकता पाउने व्यवस्था अझैसम्म कार्यन्वयन हुन नसक्नु दुखत कुरा हो । हामिले यो नाटक मार्फत सरकार र संसदलाई खबरदारी गर्ने प्रयास गरेको बताउनुभयो ।"

सानै उमेरमा परिवारको इच्छा विपरित गाँउमा सडक बनाउन गएको एक युवक सँग भागेर बिहे गरेकि चन्द्रकला लाई उनका बाबुआमाले  कहिल्यै फर्केर माईतिको आँगन नटेकेस भनिदिए । 

उनिहरु काठमाडौँ आएर एउटा कोठामा बस्न थालेका हुनछन् । श्रीमानले चन्द्रकलालाई घरमा लिएर कहिल्यै गएनन् । घरको ठेगाना समेत स्पष्ट बताएनन् । चन्द्रकलाले पनि खस्न बस्न पाएकै थिईन । अर्को कुराको वास्ता गरिनन । अर्को साल छोरो जन्मियो । त्यसपछि खबरै नगरी अचानक हराएको चन्द्रकलाको श्रीमान फर्केर कहिल्यै आएन । जसोतसो छोरा बिनोदलाई हुर्काउदै पढाउन चन्द्रकलाले ठुलै संघर्ष गरिन ।

बिनोद पढ्नमा अब्बल थियो । १२ कक्षा पढ्दै गरेको बिनोद र तृष्णा साथी हुन्छन । उनिहरु एक अर्कोलाई मन पराउँछन । उनिहरु उच्च शिक्षा विदेश गएर पढ्न चाहन्छन । अनि भविष्यमा बिहे गरेर संगै रहनेमा ढुक्क छन् ।

जब पासपोर्टको लागि नागरिकता बनाउन बिनोद आमालाई भन्छ । आमाको नागरिकता समेत हुदैन । श्रीमानको ठाउँ ठेगाना थाहा हुँदैन । उनको आश अब माईती मात्र हुन्छ । अन्तत छोराको भविष्यको लागि बिसौं वर्षपछि आफ्नो नागरिकता बनाउन चन्द्रमकला माइतिको आँगन टेक्छिन । 

माईतिका आमा बा, दाजुहरु पुरानो कुरा बिर्सेर चेली माईती आएकोमा खुसी हुन्छन् । अनि माईतिको सहयोगमा चन्द्रकलाको नागरिकता बन्छ । आमाको नागरिकता बनेपछि आफ्नो नागरिकता बन्छ भन्नेमा बिनोद ढुक्क थियो। तर उस्ले सोचे जस्तो भएन । बाबुको नागरिकता र आमाको बिहे दर्ताबिना वडा कार्यलयले सिफारिस दिन मानेन । अनि वडाको सिफारिस बिना जि.प्र.का. बाट नागरिकता बन्ने प्रक्रिया पूरा भएन । 

यसरी नागरिकता बिना बिनोदको भविष्यका सबै बाटा बन्द भए । विदेश पढ्न जानू त परको कुरा यहि नेपालमा उच्चशिक्षा पढ्न पाएन । कुनै जागिर गर्न पाएन । आफ्नै व्याबसाय संन्चालन गर्न सकेन । आफ्नो हातमा केही नभएसी दिक्क मानेर बिनोद आत्महत्याको प्रयास गर्नै लाग्दा शुत्रधार सुवास सुबेदिले नाटक रोकेर दर्शक संग छलफल गर्न थाल्दछन । यस परिस्थितिमा राज्यनै मुख्य दोषी हो, राज्यनै पिडक हो। छिटोभन्दा छिटो नागरिकता सम्बन्धी बिधेयक पास हुनुपर्छ भन्ने जवाफ सबै दर्शक बाट आउँछ र नाटक सकिन्छ।

अहिले पनि बिनोद र चन्द्रकलाको जस्तै कथा संग मिल्दाजुल्दा समस्या भएका धेरै नागरिक वडा र CDO कार्यलयको चक्कर लगाइरहेका छन । कहिले संसदबाट नागरिकता सम्बन्धित कानुन पारित होला र सजिलै आमाको नाम बाट नागरिकता प्राप्त गर्ने सहज वातावरण बन्ला भन्ने आशमा धेरै नागरिक अनागरिक भएर बाँच्न बाध्य छन । हाम्रो पनि खवरदारी नेपाल सरकार र संसद लाई आखिर कहिले सम्म नागरिकहरु अनागरिक भएर बाँच्नुपर्ने ?

यो नाटक जेठ ११ गते देखि जेठ १५ सम्म उपत्यका भित्र १० ठाउँमा मन्चन गरिने छ । त्यस लगत्तै उपत्यका बाहिरका जिल्लामा समेत नाटक लिएर जाने जानकारी संयोजक सुबेदिले गराए । 

नाटकलाई सहिन प्रजापती र सुवास सुवेदीले सहकार्यमा तयार पारेका हुन ।  नाटकमा समापिका गौतम, सरस्वती अधिकारी, सौरव ढकाल, शिशिर अर्याल, सहिन प्रजापती र सुवास सुवेदिको अभिनय रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार